प्रतिकित्ता रु १०१ मा निफ्राको लिलामी शेयर किन्ने मौका आजसम्म मात्रै

Advertisement

काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक (निफ्रा) संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

निफ्राले साउन ८ गतेदेखि एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको १० लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । 

Advertisement

प्रतिकित्ता न्यूनतम १०१ रुपियाँ निर्धारण गरिएको सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्थाले खरिद गर्न पाउनेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

बोलपत्र आज कार्यालयस समयसम्म पेस गरिसक्नुपर्नेछ ।

Advertisement

Advertisement