सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँट हुँदै, साढे १६ लाखको हात खाली !

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँट हुँदैछ । 

संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन खुला गरेको एफपीओ आज (साउन १६) बाँडफाँट हुने भएको हो । 

Advertisement

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको ४६ हजार ७२९.५४५ कित्ता एफपीओ निष्कासन गरेको थियो । संस्थाको एफपीओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यसबाट २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपियाँ संकलन भएको छ।

तर, शेयर बाँडफाँटमा ४ हजार ६७२ जनाले १०.१० कित्ता शेयर पाउनेछन् । सोहीमध्येका ९ जना भाग्यशालीले थप १/१ कित्ता गरी ११ कित्ता पाउनेछन् । बाँकी १६ लाख ५४ हजार ४०३ जनाको भने हात रित्तो हुनेछ । 

 

Advertisement

Advertisement