एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडको शेयर रजिष्ट्रार सेवा एसबिआई मर्चेण्टले प्रदान गर्ने

Advertisement

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

आज आयोजित एक समारोहमा यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९ भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी काम–कारोबार गर्दै आइरहेको छ ।

यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंकवित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारव्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु छन् । 

Advertisement

Advertisement