एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको १० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फन्डले लाभांश वितरण गर्ने भएको छ ।

योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाइनामिक डेप्ट फन्डका इकाइधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement

फन्डको गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सम्पन्न भइसकेको छ । 

एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते (आज) बुक क्लोज गर्ने निर्णय गरेको छ । अतः साउन १६ गतेसम्म कायम इकाइधनीले मात्रै प्रतिफल पाउनेछन् । 

त्यसैगरी, सो फन्डका इकाइधनीले लाभांशपछि समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

Advertisement

Advertisement