निफ्राको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउनेछन् । 

इच्छुक लगानीकर्ताले आजका मितिले (साउन १८) सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालय बानेश्वर,काठमाडौंस्थित कानुन विभागका लिखित आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement