नेपाल भित्रिदै स्काइवेलको सस्तो इभी, अटो शोमा राखिने

Advertisement

काठमाडौं । स्काईवेल ब्राण्डका नयाँ मोडल नेपाली बजारमा आउने भएको छ। 

स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जी मोटर्स प्रालिले स्काईवेलको बि ११ मोडल बजारमा ल्याउन लागेको हो । 

Advertisement

१५० किलोवाटको मोटरमा उपलब्ध हुने यो गाडी ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवरमा उपलब्ध हुनेछ ।

यी गाडीले फुलचार्जमा ४१० किलोमिटर र ५२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ। यी गाडीमा पनि फिचर्सले सुसज्जित छन् । यसमा ३६० डिग्री भ्यू क्यामरा, वायरलेस चार्जिङ, अटो पार्किङ लगायतका फिचर्स छन् । 

कम्पनीले यसको मूल्य ७९ लाख ९० हजार र ८९ लाख ९० हजार निर्धारण गर्ने तयारी गरेको छ । नयाँ गाडी आगामी भदौ ११ देखि हुन लागेको नाडा अटो शोमा शोकेस गरिने जी मोटर्स प्रालिका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । 

स्काईवेल १ वर्ष अघि नाडा अटो शोमा बुकिङ खुलाईएको थियो । पहिलो चरणमा स्काईवेलको इटी ५ नेपाली बजारमा ल्याइएको थियो । 
 

Advertisement

Advertisement