गार्डियन माइक्रो लाईफको शेयर प्रत्याभूतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

Advertisement

काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

यसैक्रममा सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. २२,५०,००,०००/– (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) को खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।  

Advertisement

आज एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

Advertisement

Advertisement