दूधपोखरी चेपे हाइड्रोद्वारा शेयरबापतको रकम जम्मा गर्न आग्रह
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले संस्थापक शेयरधनीलाई शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा परिणत हुँदा संस्थापक शेयरधनीले शेयरबापत प्रतिकित्ता १०० रुपियाँको दरमा लगानी कबुल गरेका थिए । सो रकम हालसम्म पनि जम्मा नभएपछि कम्पनीले सम्बन्धित शेयरधनीलाई रकम जम्मा गर्न भनेको हो । 

Advertisement

रकम आजका मितिले ३० दिनभित्र कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ । 

साथै, सोको भौचर कम्पनीको रजिस्टर्ड कार्यालय ललिलपुरमा उपलब्ध गराइदिन पनि कम्पनीले भनेको छ । 

Advertisement

Advertisement