राजधानी काठमाडौं फेरि जलमग्न (फोटो फिचर)

Advertisement

काठमाडौं । अविरल बर्षासँगै राजधानी काठमाडौं फेरि जलमग्न भएको छ । काठमाडौं उपत्यकाका अधिकांश नदी र खोला किनारका वस्तु बाढीले पुनः प्रभावित भएका छन् । 

यसअघि असार २२, साउन १६ र आज मंगलबार तीन पटक भारी बर्षासँगै काठमाडौं बाढी र डुबानमा परेको छ । बाढीले खोला किनारमा रहेका कार्यालय, गोदाम, व्यापार–व्यवसाय र घर तथा बसोबासस्थल तहसनहस पारेको छ ।

Advertisement

मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायतका क्षेत्रलाई बढी प्रभावित पारेको छ । सरकारले सिंहदरबारको ठूलो ढल अनामनगरको सानो ढलमा जोड्दा अनामनगरका धेरै घरमा जलमग्न भएको छ । 

बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायतका संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेल मैदान आदि बाढीले प्रभावित भएका छन् । 

फोटोः नान

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement