खचाखच न्यूरोड (फोटो फिचर)

Advertisement

काठमाडौं । दशैंको आज तेस्रो दिन । असोज १७ गते घटस्थापनाको दिनदेखि औचारिक रुपमा शुभारम्भ भएको दशैं आज तेस्रो दिन चन्द्रघण्टा स्वरुप नवदुर्गा भवानीको आराधना गरेर मनाइयो । देशभरका शक्तिपिठहरुमा चन्द्रघण्टाश्वरी नवदुर्गाको पुजापाठ तथा आराधना भयो । 

यता दशैंले छपक्कै छोप्दा उपभोग्य बजारमा उपभोक्ताहरुको तीव्र भिड लागेको छ । त्यसो त आज दशैंको किनमेल गर्ने अन्तिम शनिबार भएकाले पनि काठमाडौंको मुख्य व्यवसायिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोक लगायतको क्षेत्रमा मानिसहरुको तीब्र भिड लागेको छ । खासगरी लत्ताकपडा, गरगहना र भाडावर्तनको किनमेलका लागि एकैपटक उपभोक्ताहरु बजारमा ओहिरिदाँ न्यूरोड, असन, इन्द्रचोको स्थिति अस्तव्यस्त बन्न पुगेको हो । यी क्षेत्र मानिसनै मानिसले खचाखच भएको छ । जसले गर्दा बाटोमा हिड्न, सवारी चलाउन र ट्राफिक व्यवस्थापनमा निकै कठिन हुन पुगेको छ ।

Advertisement

खासगरी यो शनिबार व्यवसायिक क्षेत्र न्यूरोडमा उपभोक्ता ग्राहकहरुको तीब्र भिड लाग्नुमा अघिल्लो हप्ताको बेमौसमी वर्षाको पनि मुख्य भूमिका रहेको छ । अघिल्लो शनिबार दिनैभरी पानी पर्दा, देशैभरी बाढी पहिरोको कहर आइलाग्दा कोही पनि बजार निस्कन सकेनन् । यसको परोक्ष असर आजको बजारमा परेको हो । अरु बार अफिसको काम काज, व्यस्तताका कारण प्रायलाई खासै बजार निस्कन फुर्सद नहुने हुँदा अधिकांशले शनिबार नै समय छुट्याउने गर्छन् । अघिल्लो हप्ताको शनिबार वर्षाका कारण रोकिएकोमा ती सबैजसो उपभोक्ता एकैदिन बजार ओहिरिदा खचाखचको स्थिति बन्न पुगेको हो । 

हेरौं, यस्तो थियो आजको न्यूरोड, असन, इन्द्रचोकको स्थिति 

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement