भारी वर्षा र बाढीपछि यस्तो देखियो काठमाडौंको ताजा दृश्य (फोटो फिचर)

Advertisement

प्रताप देवकोटा

काठमाडौं । तीन दिनसम्मको लगातार वर्षापछि आइतबार काठमाडौंको मौसम खुलेको छ । बिहीबारदेखि परेको अविरल भारी वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन अस्तव्यस्त बन्न पुग्यो । बाढी पहिरोमा परी एक सय भन्दा बढीको मृत्यु हुन पुग्यो । दर्जनौं मानिहरु अझैं बेपत्ता छन् । 

Advertisement

बेमौसमी वर्षा, वर्षापछिको बाढी पहिरोले देशभरबाट अर्बौको भौतिक संरचना, पुल पुलेसा, सडक सञ्जाल, जलविद्युत तथा कृषि उत्पादनमा क्षति पुर्‍याएको छ । 

शनिबार अकस्मात आएको बाढी पहिरोले जलविद्युत उत्पादनमा मात्र २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । निजी क्षेत्रबाट उत्पादित २० वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याउँदा विद्युत उत्पादन ३३ सय मेगावाटबाट हाल १७ सय मेगावाटमा सीमित हुन पुगेको इप्पानको भनाइ छ । 

यता सडक सञ्जाल, बाढीले बागएका पक्की तथा झोलुङ्गे पुलहरुबाट के कति क्षति भयो ? सो हालसम्म एकीन हुन सकेको छैन । बाढी पहिरोले सार्वजनिकसँगै निजी आवास, कृषि बालीबाट अर्बौको क्षति हुन पुगेको छ । 

यस्तो देखियो बाढीपछिको काठमाडौंको दृश्य:

undefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement