काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।
कम्पनीले शेयरधनी मीनबहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
हाल यो शेयर विद्यमान कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आजका मितिले (साउन २३) ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।