मेरो माइक्रोफाइनान्सको नाफा ३६२.५९ प्रतिशतले वृद्धि, ईपीएस कति ?

Advertisement

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३६२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्तले ४ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा ७६ करोड ७० लाख रुपियाँथियो ।

गत आवको असार मसान्तसम्म लघुवित्तको सञ्चालन नाफा ६ करोड ९१ लाख रुपियाँबाट ३१ करोड ३१ लाख रुपियाँपुगेको छ । यो अघिल्लो आवको तुलनामा ३५२.७४ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेर ९९ करोड २९ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ८५ करोड ७१ लाख रुपियाँथियो । 

त्यसैगरी, यस अवधिमा लघुवित्तको खराब कर्जा भने १.८४ प्रतिशतले बढेर ७.६८ प्रतिशत कायम भएको छ । त्यस्तै, इम्पेयरमेन्ट चार्ज १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । 

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६३ रुपियाँ, प्रतिशेयर नेटवर्थ १६०.५३ रुपियाँ, मूल्य आम्दानी अनुपात ४२.०८ गुणा र वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपियाँरहेको छ ।

१ अर्ब ३२ करोड २० लाख रुपियाँचुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपियाँसञ्चित छ । 

Advertisement

Advertisement