नेशनल लाइफको लाभांश बुक गर्ने आज अन्तिम मौका

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (साउन २३ गते) अन्तिम अवसर हो । 

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहीबार (साउन २४ गते) बुक क्लोज गर्दैछ । अतः आजसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

Advertisement

कम्पनीको सभा, भदौ ७ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । 

सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

साथै, सभाले आर्थिक वर्ष ०७९र८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव ०८०र८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । 

Advertisement

Advertisement