प्रि–ओपनमै ६.५९ अंकले घट्यो नेप्से, दुई करोडको कारोबार

Advertisement

काठमाडौं । प्रि–ओपन शेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक ६.५९ अंकले घट्यो । 

हिजो १४५.०५ अंकले घटेर नेप्से परिसूचक २६५१.३२ अंकमा ओर्लिएको थियो । आज प्रि–ओपनमा त्यो ०.२४ प्रतिशतले घटेर २६४४.७३ विन्दुमा आएको छ । 

Advertisement

null

नेप्सेमा शेयर कारोबार ११ बजेदेखि ३ बजेसम्म हुन्छ । त्यसमा १०ः४५ मा प्रि–ओपन शेयर कारोबार हुने गर्छ । आजको प्रि–ओपनमा १०३ वटा कम्पनीको शेयर खरिद बिक्री भएको छ । त्यसमा ५१ वटाको शेयर मुल्य घटेको छ । २३ वटाको भने बढेको देखिन्छ । २७ वटा कम्पनीको शेयर मूल्य यथावत छ । 

आजको प्रिओपनमा ५६ हजार ६३६ वटा कित्ता सेयर खरिद बिक्री भएको छ भने ३१५ पटक शेयर कारोबार भएका छन् । कारोबार रकम भने २ करोड १२ लाख ५२ हजार रहेको छ । हिजो नेप्से उच्च दरमा घटेपनि कारोबार रकम भने झण्डै २४ अर्ब रुपियाँ थियो, जुन हालसम्मकै उच्च हो । त्यसले शेयर बजार बढ्ने संकेत गरेको जानकारवालाहरु बताउँछन् । 
 

Advertisement

Advertisement