काठमाडौं । हिजो उच्च अंकले करेक्शन आएको शेयर बजार आज फेरि उच्च अंकले उकालो चढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८.३५ अंकले बढेको हो । ४.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७५९.६७ अंकमा पुगेको छ ।
बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ । अन्य समूह ७.८९ र वित्त समूह ७.६३ प्रतिशतले बढेका छन् ।
आज ३३० कम्पनीका ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७.८३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
आज विभिन्न १० कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । अरु ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत नाफा कमाए ।
सबैभन्दा बढी एनआईसी एशियाको ऋणपत्र २०८३–८४ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८२ प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ४०.७६ अंकले बजार बढ्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ र हिजो मंगलबार १४५.०५ अंकले बजार घट्दा हालसम्मकै उच्च ३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४.१० रुपियाँ बराबरको कारोबार भएको थियो ।