दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । एक बीमा कम्पनी र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७०५.७७ कायम गरिएको छ । यसअघि रु. ७३४ थियो । 

Advertisement

त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४.००५१४३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १०१३.११ कयम गरिएको छ । यसअघि रु. ११५५ थियो । 

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement