कामना सेवाको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयरको मूल्य भने तोकिएको छैन । 

Advertisement

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement