काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ ।
कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर लक इनमा छ ।
नेपाल धितोपत्र बोर्डले २०८० कात्तिक २५ गते निर्देशन दिँदै शेयर बाँडफाँटको मितिले ६ महिनासम्म लक इनमा राख्न भनेको थियो ।
सोहीबमोजिम २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिन लागेको हो ।