काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
फाइनान्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यद्यपि, कति कित्ता शेयर बिक्रीमा राखिएको भन्ने खुलाइएको छैन ।
यसअघि फाइनान्सले संस्थाका विद्यमान शेयरधनीले किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको बताइएको छ ।
इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।