काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनी अञ्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।
३५ दिनभित्र निवदेन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि कम्पनीले जनाएको छ ।