समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

हाल यो शेयर लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ । 

इच्छुक शेयरधनीले लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक ७ बनेपामा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्यसमेत खुलाई निवेदन दिनुपर्नेछ ।

सो समयभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएका छ ।

Advertisement

Advertisement