साविक सानिमा लाइफको १.४३ करोड कित्ता शेयरको ‘लक इन’ समाप्त

Advertisement

काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि मंगलबार (साउन २९ गते) समाप्त भएको छ । 

कम्पनीको एक करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त भएको हो । 

Advertisement

हाल नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर दर्ता छ । सोमध्ये साविक सानिमा लाइफका संस्थापकतर्फको १ करोड ४० लाख र कर्मचारी समूहको ३ लाख कित्ता शेयर ‘लक इन’ थियो । 

साविक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नामबाट २०७९ चैत्र ९ गतेदेखि एकीकृत कारोबार सुरू गरेका थिए । 

Advertisement

Advertisement