नेशनल लाइफको नाफामा ६०.८९ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्म आइपुग्दा नेशनल लाइफ इन्स्योरेन्सको नाफासहित सबै सूचकमा उल्लेख्य वृद्धि देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले ४० करोड ६३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ६०.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो नाफा २५ करोड २५ लाख रुपियाँ  थियो । 

Advertisement

त्यस्तै, कम्पनीले असार मसान्तसम्म १९ अर्ब २२ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवमा १६ अर्ब ८० करोड ९० लाख रुपियाँ थियो । यो अघिल्लो आवको तुलनामा १४.३४ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ५.४२ प्रतिशतले बढरेर ८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो आवमा ८ अर्ब ३८ करोड थियो । 

साथै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट ६ अर्ब ७४ करोड रुपियाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ५ अर्ब ७६ करोड रुपियाँ थियो । गत आवमा यो १७.०७ प्रतिशतले बढेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८११ रुपियाँ रहेको छ । 

Advertisement

Advertisement