काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजित यसवर्षको नाडा अटो शो भदौ ११ मंगलबारदेखि शुरु हुँदैछ ।
काठमाडौंको भृकु्टीमण्डपमा उक्त अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । उक्त शो को तयारी पूरा भएको नाडा अध्यक्ष करण चौधरीले बताए ।
राजधानी काठमाडौंको भृकुटी मण्डपमा प्रदर्शनी स्थलमा हुने उक्त अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने गरी तयारी गरिएको नाडा अध्यक्ष चौधरीले उल्लेख गरे ।
टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेका छन् ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ ।
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने छन् ।
उक्त अटो शो ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।