एनआईसी एशिया बैंकद्वारा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । 

भिजा को-ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

Advertisement

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त हुनेछ । 

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने छन् । 

यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्ने छन् । 

Advertisement