–ज्ञानेन्द्र चन्द
महाप्रबन्धक, पायोनियोर मोटोकर्प प्रा.लि.
नेपालको अटोमोवाइल क्षेत्रमा सारडा ग्रुपको पूरानो ईतिहास छ । लामो समयदेखि जापानी ब्राण्ड निसान र डाट्सन बिक्री गर्दै आएको सारडा समूहले अहिले चिनियाँ विद्युतीय सवारी साधन (ईभी)का ब्राण्डहरु पनि बिक्री सुरु गरेको छ । हामीहरुले ल्याएका चिनियाँ ईभी ब्राण्ड जिकर र अमोडा÷जेको बिक्री राम्रो पनि छ । सारडा समूहले ईभी ल्याउनुको मुख्य आसय ग्राहकको माग नै हो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरिरहेको छ । नेपालमा मात्रै नभएर बाहिर पनि यो खालको प्रोत्साहन छ । सोही कारण ईभीप्रति मानिसहरुको आकर्षण र माग पनि बढ्दै गएको सन्दर्भमा हामीले पनि स्तरीय ईभीका गाडीहरु भित्राएका हौं ।
अटोमोवाइलको विश्वबजारलाई नै अहिले चिनियाँ ईभीले ‘डोमिनेट’ गरिरहेको छ । चीन हाम्रो छिमेकी नै भएकाले त्यसको प्रभाव पर्नु स्वाभाविक पनि भयो । यसअघि पनि हामीसँग ईभी नभएको भने होइन् । हामीसँग निसानको लिफ थियो । यो सन् २०१७÷१८ सम्म संसारको सबैभन्दा धेरै बिक्री हुने ईभी हो । तर जब चिनियाँ ईभी बजारमा आउन थाले, त्यसपछि जापानी ईभीले मूल्यमा प्रतिस्पर्धा गर्न केही कठिन देखियो । त्यसकारण गाडी राम्रो भए पनि पछिल्लो समय लिफको व्यापार सोचेजस्तो छैन ।
ग्राहकको ‘सेन्टिमेन्ट’ ईभीतर्फ
अहिलेको अवस्था हेर्दा मैले ईभीको भविष्य निकै राम्रो देखिन्छ । ईभीले ग्राहकको ‘सेन्टिमेन्ट’ हासिल गरेको छ । सबै देशले ईभीमा छुट सहुलियत दिएको मात्रै होइन, चीनले उत्पादन नै सस्तो गरेको छ । नेपालको कुरा गर्दा स्वदेशकै उर्जा प्रयोग नगरी किन बाहिरबाट महंगो डिजल र पेट्रोल ल्याउने ? भन्ने भावनाको पनि विकास भएको छ मानिसहरुमा । तर सरकारको अहिलेको नीतिमा व्यापक हेरफेर भयो र कर बढ्दै गयो भने अहिलेको माग र आकर्षण भने कम भएर जान्छ । करको दर वार्षिक रुपमा थोरै–थोरै मात्रै बढाउने हो भने नेपालमा ईभीको भविष्य निकै राम्रो छ ।
ईभी धेरै परिस्कृत
विश्वव्यापी रुपमा हेर्दा ईभी धेरै ‘रिफाइन’ भइसक्यो । धेरै परिस्कृत भइसक्यो । यसको उत्पादन लागत पनि घट्दो क्रममा छ । नेपालसहित अन्य मुलुकमा ईभीको ‘एडप्सन’ उच्च छ । यो आर्थिक वर्षमा ईभीको प्रयोगले विगतका सबै रेकर्ड तोड्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसपछिका वर्षमा पनि कर सामान्य रुपमा बढ्दै जाँदा केही फरक पर्दैन । तर एकैपटक अत्यधिक कर बढ्यो भने ईभीको बिक्रीमा असर पर्नसक्छ । नेपाली ग्राहकको गाडी खरीद गर्नसक्ने क्षमता भनेको ३० देखि ६० लाखको हो । भोलिका दिनमा कर बढेर ६० लाखको गाडीको मूल्य एक करोड पुग्यो भने यसै पनि बजार घट्छ । त्यसकारण सरकारी नीति ग्राहकको ‘बाइङ क्यापिसिटि’ भन्दा धेरै मूल्य पु¥याउने हुनुहुन्न ।
बिक्रीपछिको सेवा
अटोमोवाइल व्यवसायमा बिक्रीपछिको सेवा महत्वपूर्ण विषय हो । ईभी वा आइस इन्जिन जुनसुकै गाडी बिक्री गरेर मात्र पनि हुँदैन । बिक्रीपछि पाउनुपर्ने सुविधा ग्राहकले पाउनुपर्छ । ईभीमा यस्तो सेवाको विषयलाई लिएर प्रश्न उठ्दै आएको छ । यसको पनि अझ महङ्खवपूर्ण पक्ष चार्जिङ स्टेशन हो । हाम्रै कुरा गर्दा तत्कालै २७ ठाउँमा डिसी फास्ट चार्जिङ स्टेशन बनाउँदै छौं । स्लो चार्जर त अहिले पनि १४÷१५ ठाउँमा छँदै छ । एक वर्षभित्र १०० वटा फास्ट चार्जिङ स्टेशन बनाउने लक्ष्य हामीले राखेका छौं । ईभीको ग्लोबल मार्केटमै सबैभन्दा ठूलो ‘एन्जाइटी’ भनेको चार्जिङ स्टेशन हो । त्यसकारण पनि हामी यसमा सजग छौं । सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गरिरहेको होला । हामीले पनि आफ्नो तर्फबाट काम गरिरहेका छौं ।
त्यस्तै, ईभीमा अर्को महङ्खवपूर्ण कुरा भनेको सर्भिस हो । ईभी नयाँ टेक्नोलोजी भएकाले जनशक्ति कत्तिको छ ? त्यसमा ध्यान दिनु जरूरी छ । यसका लागि हामीले दुई चरणको तालिम दिइसकेका छौं । हामीले बिर्तामोडदेखि धनगढीसम्म १३ वटा ठाउँमा नेटवर्क पनि बनाइसकेका छौं । यी सबै नेटवर्कमा हामीले सर्भिस प्रदान गछांैं । थप कुरा के छ भने हाम्रो देशैभरमा निशानका सर्भिस सेन्टर छन् । त्यहाँ पहिल्यैदेखि दक्ष जनशक्ति पनि छन् । ईभीको सर्भिस सेन्टर र पार्टपुर्जाका लागि धेरै मेहेनत गर्नुपर्दैन ।
निराशाजनक अवस्थामा आइस इन्जिन
आइस इन्जिनका गाडीको अवस्था अहिले निराशाजनक नै छ । तथ्यांक नै हेर्दा पनि अहिले आइस इन्जिनका गाडीको बजार हिस्सा २० प्रतिशत मात्र छ । त्यसकारण आइस इन्जिनका गाडी मात्र हुने ब्राण्डलाई टिक्न निकै गाह्रो छ । यसको बिक्री घट्नुको मुख्य कारण कर नै हो । ईभीको तुलनामा आइस इन्जिनका गाडीको कर अत्यधिक धेरै छ । यसको दोस्रो कारण फाइनान्सिङ हो । ग्राहकले ईभी किन्न खोज्दा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ भने आइस इन्जिनका गाडी किन्न खोज्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । तेस्रो कारण हो, पब्लिक सेन्टिमेन्ट । मानिसहरुमा हाम्रै विद्युत उर्जा किन प्रयोग नगर्ने ? भन्ने भावना बढिरहेको पाएका छौं । पेट्रोलियम पदार्थको भाउ उच्च वृद्धि भएकाले पनि मानिसहरुमा यो भावनाको विकास भएको हो ।
सबै सेग्मेन्टमा पायोनियोर
सारडा ग्रुपअन्तर्गतको पायोनियोर मोटोकर्पले अहिले ग्राहकको रोजाइअनुसारको प्रडक्ट भिœयाउन लागिपरेको छ । कम्पनीको प्रमुख ब्राण्ड निशान हो । यो संसारकै उत्कृष्ट पाँच ब्राण्ड पनि हो । नेपालमा यसको म्याग्नाइट, किक्स, नभरा, ई–पावर, लिफलगायतका प्रडक्ट छन् । त्यस्तै अमोडाको ई–५, अमोडा÷जेको जे–६ पनि छ । जिकरको ‘जिकर एक्स’ आउँदै छ । यो प्रिमियम ब्राण्ड हो । यसको प्रतिस्पर्धा बिएमडब्ल्यू, टेस्ला वाई, अवतार, एक्सप्याङ, भोल्भोलगायतका ब्राण्डसँग हुन्छ ।
ईभीमा मापदण्ड बन्नुपर्छ
अहिले नेपालमा २५ भन्दा धेरै चिनियाँ प्यासेन्जर ईभी आइसकेका छन् । कस्तो गाडी ल्याउन पाउने र कसले ल्याउन पाउने भन्ने मापदण्ड बनिसकेको छैन । यसले भोलिका दिनमा धेरै समस्या आउन सक्छ । अहिले नेपाली बजारमा आएका धेरै ईभी ब्राण्ड केही वर्षमै टिक्न नसक्ने सम्भावना छ । त्यसको मार सोझै ग्राहकलाई पर्न जान्छ । त्यसकारण कुनै पनि ब्राण्ड ल्याउनुअघि यति ठाउँमा सर्भिस सेन्टर राख्नुपर्ने, यति ठाउँमा चार्जिङ स्टेशन बनाउनुपर्ने, यति वर्षसम्म पाटर््सको ग्यारेन्टी हुनुपर्ने, उत्पादक कम्पनीको स्थिति यस्तो हुनुपर्नेलगायतका मापदण्ड सरकारले बनाइदियो भने ग्राहकले दुःख पाउनुपर्दैन ।