टाटा बसहरुका लागि गोगंबु बसपार्कमा सिप्रदीले शुरु गर्यो निःशुल्क चेकअप सुविधा

Advertisement

काठमाडौं । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

त्यसैले सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्क संग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उदेश्यले सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ ।

Advertisement

गोगंबु बसपार्क बाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।

चाडवाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरुको समाधानको लागि पनि २४ घण्टा सतै दिन सिप्रदीको टोल फ्री सेवा मार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवा को साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखि सर्भिस तथा मर्मत संभार सम्बन्धि पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनिले गरेको छ । 

यसका साथै असोज २२ गते सम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरेको छ । त्यस अवधिमा टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेवर चार्जहरुमा १५ प्रतिशतदेखि ५० प्रतिशत सम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ ।

यस अवधिमा देशभरि बाट ५००० भन्दा बढि गाडीहरुको चेकअप गर्ने लक्ष्य कंपनिले लिएको छ ।

Advertisement

Advertisement