निर्जीवन बीमा कम्पनीद्वारा ४ अर्ब ३१ करोड बीमाशुल्क संकलन, कुनको कति ? (सूूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिला महिना साउनमा निर्जीवन बीमा कम्पनी चार अर्ब ३१ करोड १७ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । 

अहिले १४ ठुला र चार लघु गरे १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समीक्षा महिनामा उनीहरुले दुई लाख ४१ हजार ३१४ पोलिसी बिक्री गरेर सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

Advertisement

नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । समीक्षा महिनामा ठूला निर्जीवन बीमा कम्पनीले मात्रै चार अर्ब २६ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । पोलिसी बिक्री संख्या भने दुई लाख २१ हजार ७१ वटा रहेको छ । 

निर्जीवन बीमा व्यवसाय गर्नेमा उत्कृष्ट दुई भित्र मर्जर कम्पनी देखिएका छन् । बढी बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीले साउन महिनामा ६३ करोड १५ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । पोलिसी बिक्री संख्या भने २४ हजार २३ रहेको छ । 

दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ, उक्त कम्पनीले ४५ करोड ३२ लाख ८८ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले २५ हजार ११ वटा पोलिसी बिक्री गरेको देखिन्छ । 

तेस्रो स्थानमा भने शिखर इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले ३६ करोड ८८ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले २६ हजार १०९ वटा पोलिसी बिक्री गरेको छ । 

यसैगरी हिमालयन एभरेष्टले १८ हजार ७०७ वटा पोलिसी बिक्री गरि ३२ करोड ६० लाख रुपियाँ, नेकोले २१ हजार ७०७ पोलिसी बिक्री गरी ३१ करोड ८८ लाख रुपियाँ, आईजीआई प्रडेन्सियलले १६ हजार ४८५ पोलिसी बिक्री गरी ३० करोड ६२ लाख रुपियाँ, दि ओरियन्टलले तीन हजार ९०९ पोलिसी बिक्री गरि २९ करोड १० लाख रुपियाँ, नेपाल इन्स्योरेन्सले १४ हजार ५८० वटा पोलिसी बिक्री गरि २८ करोड ८६ लाख रुपियाँ र राष्ट्रिय बीमा कम्पनीले १७ हजार २२९ वटा पोलिसी बिक्री गरी २५ करोड ४६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, युनाइटेड अजोडले १३ हजार ८२५ पोलिसी बिक्री गरी २५ करोड ४१ लाख रुपियाँ, एनएलजीले १६ हजार २२२ पोलिसी बिक्री गरी २४ करोड ९८ लाख रुपियाँ, नेशनलले दुई हजार ८२१ पोलिसी बिक्री गरि २२ करोड ७६ लाख रुपियाँ, सानिमा जीआईसीले नौ हजार ८९५ वटा पोलिसी बिक्री गरि १८ करोड ३९ लाख रुपियाँ र प्रभुले १० हजार ५४८ पोलिसी बिक्री गरि १० करोड ५४ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 

लघुबीमाद्वारा पाँच करोड १६ लाख संकलन
समीक्षा महिनामा चार लघुबीमा कम्पनीले भने पाँच करोड १६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले साउनमा २० हजार २४३ वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 

नेपाल माइक्रो इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले एक करोड ३८ लाख ६४ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले पाँच हजार ७८१ वटा पोलिसी बिक्री गरेको छ । 

दोस्रो स्थानमा भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले एक करोड ३६ लाख  रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले चार हजार ६३९ वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।

ट्रस्ट माइक्रो इन्योरेन्सले एक करोड २२ लाख ८७ हजार रुपियाँ बीमशुल्क संकलन गरेको छ । उक्त कम्पनीले चार हजार ३६१ वटा पोलिसी बिक्री गरेको छ । 

यसैगरी स्टार माइक्रोले एक करोड १८ लाख २७ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले पाँच हजार ४६२ वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 
 

Advertisement

Advertisement