गाजामा ठूलो नरसंहारपछि हमाससँग युवविरामको माग गर्दै इजलायलमा लाखौं मानिस सडकमा

Advertisement

काठमाडौं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । लगभग ७ लाख मानिसहरूले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । 

Advertisement

६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । 

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो । जसमा करिव हजार २ सय व्यक्तिको मृत्यु भएको थियो भने लगभग २५० अन्यलाई पक्राउ गरिएको थियो । सिन्ह्वा–नान

Advertisement

Advertisement