राशिफलः आज (भदौ २०) तपाइँलाई पेशा, व्यवसाय, आर्थिक कारोबारबाट लाभहानी के होला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको २० गते बिहीबार, भाद्र शुक्लपक्षको द्वितीया तिथि । आज तीजको दरखाने दिन रहेको छ । साथै आज मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस रहेको छ । 

मेष 
शेयर बजारबाट लाभ मिल्ने छ । आफु आवद्ध कार्यालयका अधिकृतहरुसँग बिबाद उत्पन्न हुने अवस्था रहेकाले संयमतासहित पाईला चाल्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा राम्रो प्रगति हुने छ, फाइदा मिल्ने छ । परिवारमा द्वन्द देखा पर्न जाने छ । जीवनसाथिको साथ लिएर कार्यहरु  गरेमा सकारात्मक हुनेछ । 

Advertisement

वृष
शेयर क्षेत्रबाट लाभ हुने छैन् । भाग्यको साथ नभएकाले पेशागत जीवनमा सकारात्मक परिणाम आउन कठिनाई हुनेछ । व्यवस्थापकीय क्षमतामा कमि आउँने हुँदा प्राप्त जिम्मेबारी निभाउन ढंग नपुगेको जस्तो हुने छ । आत्माविश्वासमा पनि कमि आउँदा बोलीको प्रभाव घट्ने जानेछ । आम्दानीमा आंशिक बृद्धि हुँदा राहत प्राप्त हुने छ ।

मिथुन 
शेयर बजार औसत खालको बन्ने छ । पेशागत जीवनमा कठिनाईहरु उत्पन्न हुने भएकाले संयमित हुनु पर्ने देखिन्छ । मनमा असाध्यै दुविधा आउने भएकाले चिन्ता बढि उत्पन्न गराई दिने छ । समानान्तर विचार आइ रहने हुँदा निर्णय क्षमतामा कठि आउने छ । मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । परिवारमा तनावपूर्ण वातावरण आउने छ ।

कर्कट
शेयर बजारबाट फाइदा हुने छ । पेशागत जीवन मध्म प्रकृतिको बन्ने छ भने आर्थिक पक्ष पनि औसत नै रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने कठिनाईहरु देखा पर्ने छन् । मनोबलको कमि हुने हुनाले लक्ष्य प्राप्ति प्रति स्थिर विचार आउने छैन् । मनमा दुविधाले सताउने हुँदा दोमनको अवस्थाबाट मुक्ति मिल्न कठिनाई हुने देखिन्छ ।

सिंह
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत जीवन औसत प्रकृतिको रहने छ । आर्थिक कमाईमा बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । परिवारमा द्वन्दात्मक अवस्था आउने छ । आत्माविश्वासले भरिएको व्यक्तित्व हुने छ । सुख, सुविधाको उपभोग गर्न पाईने छ । 

कन्या
शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । साझेदारीमा गरिएका काममा बिबादहरु उत्पन्न हुन जाँदा कठिनाईको सामना गर्नु पर्ने छ । ब्यापारमा र उच्च व्यवस्थापनको तहमा आवद्धहरुलाई समय धेरै प्रतिकुल रहने छैन् । भाग्यहिनताको अवस्था भएकाले जे जस्तो प्राप्त छ सोही अनुसार मनमा चित्त बुझउँदै जाने गर्नु होला । आर्थिक विषयमा धेरै जोखिम नलिँदा ठिक हुने छ ।

तुला
शेयर बजार मध्म खालको हुने छ । पेशागत जीवन सकारात्मक अवस्थामा रहने छ । आर्थिक सन्तुलन कायम हुने छ । आन्तरिक बुद्धिका कारण परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । सकारात्मक सोच हुने भएकाले मनमा खुशीको मात्रा पनि कायम रहने छ । बोलीमा कडापना देखिने भएकाले संयमित रहनु नै उत्तम हुने छ ।

वृश्चिक
शेयर बजार मध्यम खालको हुने छ । पेशागत जीवन धेरै सवल नभए पनि धेरै कमजोर पनि रहने छैन्, अर्थात जे जस्तो छ त्यस्तै रहने छ । आफ्नो पेशा व्यवसायबाट मनमा सन्तुष्टि भने प्राप्त हुने छ । वौद्धिक क्षेत्रतर्फको रुचि अभिबृद्धि हुने छ । मेहनत र पराक्रमी भाव शिथिलता आउने भएकाले मनमा उत्साह विद्यमान रहने छ ।

धनु 
शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छ । पेशागत जीवनमा धैर्य अपनाउनु  पर्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दका क्रम देखा पर्न जाने छ । व्यक्तित्व दृढ खालको हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । तर कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा शैलीको व्यक्तित्व हुने भएकाले यस विषयमा संयमित रहनु उपयुक्त हुने छ । 

मकर 
शेयर क्षेत्रमा धेरै जोखिम रहने देखिएकाले धैर्यतापूर्वक पाइला चाल्दा ठिक हुने देखिन्छ । पेशाप्रति समर्पित भएर अग्रसर हुन मन लागेता पनि आँट र दृढताको कमि हुने हुँदा निरन्तरतामा भने अबरोध उत्पन्न हुन जानेछ । मनोबलमा पनि कमि ल्याउने छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले निर्णयहरु लिन साह्रै कठिनाई हुने छ । आर्थिक कठिनाईको सामना गर्नुपर्ने छ ।

कुम्भ 
शेयर बजारबाट लाभ मिल्ने छैन् । पेशागत जीवनमा विभिन्न कठिनाईहरु उत्पन्न हुने देखिएकाले संयमित रही पेशागत क्षेत्रमा व्यवहार गर्नु र सजग रहनु नै उपयुक्त हुने छ । परिवारको साथले आड भरोसा प्राप्त हुने छ । बोलीको प्रभावकारीता बृद्धि हुने हुँदा गर्न लागेका कामहरु पूरा गर्न मद्धत पुग्ने छ । मित्रहरुबाट साथ मिल्ने छ ।

मीन
शेयर बजारबाट लाभ हुन कठिन देखिन्छ । व्यावसायिक र पेशागत जीवन औसत अवस्थामा रहने छ । चतु¥याईको अभाव हुने हुँदा आफूलाई फाइदा मिल्ने गरि निर्णयहरु लिन नसक्ने अवस्था रहेको छ । मनमा लद्युताभाषले डेरा जमाउने हुँदा आफूलाई अरु भन्दा कमजोर भएको भान भइरहने छ । समय धेरै जोखिम उठाउने भन्दा निरन्तरतालाई अघि बढाउने तर्फ केन्द्रीत हुने खालको छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement