राशिफलः आज (कात्तिक १३) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको १३ गते मंगलबार, कार्तिक कृष्णपक्षको द्वादशी तिथि । आज धन त्रयोदशी अर्थात धनतेरस रहेको छ ।

मेष 
आफु प्रतिको भरोषामा बृद्धि हुने छ । असजिलोमा पनि सँहालिन सक्छु भन्ने आँट आउने छ । मनले आँटेका कामहरु अघि बढ्ने छन् । भाग्य बलियो छ । पेशागत जीवन र ब्यवसायमा सफलता मिल्ने छ । राजनीति, निजामति सेवा, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष 
प्राप्त जिम्मेवारीलाई दिलोज्यान दिएर निभाउने स्वाभाव रहने छ । मिहिनेत अनुसार फल प्राप्त हुने छ । कमाईको क्षेत्रमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, फलफूल, मिठाईको व्यापार, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजार भने औसत रहने छ ।

मिथुन 
नगरेका गल्तिमा पनि दोष आउने छ । राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सो अनुरुप ग्रहण गर्ने छैनन् । समय प्रतिकुल प्रकृतिको छ । पारीवारिक जीवनमा द्वन्दको अवस्थाबाट गुग्रनु पर्ने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने केही राहत मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कर्कट
निराश भाव भएको व्यक्तित्व बन्ने छ । सकारात्मक अवस्थामा पनि मनमा हुने भारीपनाले व्यक्तित्वमा ह्रास ल्याउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । दाम्पत्य जीवनमा स–साना विषयले झैझगडाको अवस्था र तिक्तता निम्त्याउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि फाइदा हुने छैन् । शेयर बजार औसत रहने छ । 

सिंह
आलोचना गर्नेहरु बढ्ने छन् तर आलोचनाबाट मनमा विचलन भन्दा जुध्ने तागत मिल्ने छ । कठिनाईको अवस्थामा पनि मनोबल भने उच्च रहने छ । रिस भने धेरै नै कडा खालको रहने भएकाले संयमित रहनु पर्ने देखिन्छ । परिवारका सदस्यहरुले ध्यान दिने र माया गर्ने हुँदा निकै राहत मिल्ने छ । भाग्यको साथ भने कमजोर रहेको छ । हवाई उड्ययन, निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि लाभ मिल्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कन्या
एक्लो महशुस हुने छ । भरोषा गरिएका मित्रहरुबाट पनि साथ मिल्ने छैन् । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको सामना गर्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी देखा पर्ने छ । सन्तान सुख प्राप्त हुने छैन् । समय प्रतिकुल चलिरहेकाले संयमित भइ कदम चाल्नु होला । सरकारी सेवा, ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहने छैन् । शेयर बजारमा अपेक्षाकृत लाभ मिल्ने छैन् ।

तुला
सोझो स्वाभाव हुने छ, तर अरुले निकै सहजत रुपमा व्यवहार गर्ने छन् । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । पेशा ब्यवसायमा सकारात्मक नतिजा प्राप्त हुने छ । आम्दानीमा सन्तोषजनक अवस्था नै हुने छ । बोलीमा भने मिठासपनाको अभाव हुने भएकाले ध्यान दिनु होला । अध्यापन, दार्शनिक क्षेत्र, मिष्ठान्न व्यवसाय, फूल व्यवसाय, दुग्ध व्यवसाय, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । राजनीतिमा आवद्धहरुलाई सकारात्मक नतिजा प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
उत्साही व्यक्तित्व बन्ने छ । जोखिमले भरिएका कामहरुमा हात हाल्न मन लाग्ने छ । मनमा दृढताको क्रम बढ्ने छ । मनमा अलि क्रुरताले भरिएका विचारहरु आउने छन् । राजनीतिक निर्णयहरु लिन भने कठिन हुने छ । पेशागत जीवनमा आफू अनुकुल वातावरण रहने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि, कन्सल्टेन्सी क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ ।

धनु 
यात्रा हुने छ । विशेषगरी आफ्नो पैतृक थलो प्रतिको मोहमा कमि आउने छ । अवसरका लागि नयाँ क्षेत्रमा सँलग्न हुने समय छ । धार्मिक तथा अध्यात्मिक कार्यहरुमा लाग्दा मनमा शान्ति प्राप्त हुने छ । भगवानप्रतिको विश्वास बढ्न जाने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । कर्मचारीतन्त्र, राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छ । शेयर बजारबाट भने अपेक्षा गरेअनुसार लाभ मिल्ने छैन् ।

मकर 
अविश्वसनीय व्यक्तिका रुपमा अरुले चित्रण गर्ने जोखिम छ । बढि बोल्ने बानीले काम बिगार्ने छ । मनमा अन्योलताको चक्रको लहर आउने छ । स्वस्थ्यमा केही समस्या आउने छ । मेहनत र पराक्रमी बानीमा कमि आउने र आलस्यता बढ्ने छ । ब्यक्तित्वमा ह्रास आउने छ । आर्थिक अवस्था भने औसत रहने छ । पेशा ब्यवसायमा कठिनाईहरुको सामना गर्नुपर्ने छ । विशेष बैकिङ्ग तथा वित्तिय जगतमा कार्यरतहरु सचेत रहनु होला । शेयर बजारमा संयमित रहनु पर्ने देखिन्छ । 

कुम्भ 
अन्योलताले भरिएको दुविधायुक्त स्वाभाव हुने हुँदा विश्वसनीयताको कमि हुने छ । तर परिवारका सदस्यहरुको सहयोगले गर्दा निकै मद्धत मिल्ने छ । यात्रामा सहजा आउने छ भने रमाईलो पनि मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या आउने छ । भाग्यको साथ कम रहेकाले धेरै जोखिमपूर्ण काममा हात हाल्ने बेला देखिँदैन् । अध्यापन, लेखन, पत्रकारिता, गीत संगीत, प्रशिक्षक जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजार औसत रहने छ । 

मीन
लचक खालको सबैसँग मिल्ने व्यक्तित्व हुने छ । अरुको सजिलै मन जीत्न सकिने छ । पेशागत जीवनमा सहजता आउने छ । जोखिमपूर्ण कदमहरु चालन उत्साह आउने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा सजिलो हुने छ । लिइएका लक्ष्य प्राप्ति तर्फ जाने छ । आर्थिक सन्तुलन कायम हुने छ । सार्वजनिक यातायात, कोल्डड्रिङ्स, किराना पसल, दैनिक उपभोग्य सामान, मिष्ठान्न, दुग्ध व्यवसाय, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)

Advertisement

Advertisement