ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको १२ गते सोमबार, कार्तिक कृष्णपक्षको एकादशी तिथि । आज रमाएकादशी व्रत रहेको छ, साथै आज गोवत्सद्वादशी पनि रहेको छ ।
मेष
स्वाभिमानमा ठेस लाग्ने छ । विश्वास गरेकाहरुबाट नै अपहेलता भोग्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । पेशागत क्षेत्रमा पनि बादबिबादको अवस्था आउने छ । ब्यापार बिजनेशमा असन्तुलनको अवस्थाको संकेत आउने छ । आत्मविश्वासमा आउने कमिले आफै पनि एक प्रकारको अविश्वास जस्तो बनाउने छ । परिवारको साथले केही मद्दत मिल्ने छ ।
वृष
कदर प्राप्त हुने छ । आफूले गरेका कामको उच्च प्रशंसा हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आफूभन्दा ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । बचत भने डुब्न जाने छ । निन्द्रमा केही समस्या देखिने छ । परिवारमा किचलो रहने छ ।
मिथुन
अपजस आइ लाग्ने छ । आलोचना गर्नेहरु बढ्ने छन् । शेयर बजार औसत खालको रहने छ । राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले त्यसको मर्म बुझ्ने छैनन् । समय केही चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यजन्य समस्याले खर्च बढ्न जाने छ । आर्थिक सन्तुलनको चुनौति छ ।
कर्कट
ज्यादा जुध्नु पर्ने छ तर जीत भने हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ ।
सिंह
चिसो धेरै लाग्ने छ । सिजनल रोगव्याधीले पिरोल्ने छ । शेयर बजारमा अपेक्षाकृत लाभ हुने छैन् भने घाटा पनि हुने छैन् । जोखिमले भरिएका क्षेत्रमा आवद्धहरुलाई आर्थिक लाभ मिल्ने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा आउने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।
कन्या
आँटिलो स्वाभाव हुँदाहुँदै पनि सहेर बस्नु पर्ने अवस्था आउने छ, यसले गर्दा मनमा उकुसमुकुस हुने छ । मनमा स–साना विषयमा पनि अन्योलताको अवस्था आउँदा दुविधा कायम रहने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ ।
तुला
फरासिलो व्यक्तित्व हुने हुँदा सबैसँग घुलमिल हुन सहज हुने छैन् । शेयर बजारबाट लाभ प्राप्त हुने छ । रंग रमाईलोमा खर्च बढ्ने छ । विदेश यात्रा हुने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास प्राप्त हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ ।
वृश्चिक
नयाँ ठाउँको यात्रा हुने छ । नयाँ मानिसहरुसँगको भेटघाटले पेशागत जीवन महत्वपूर्ण मोड ल्याउने छ । थप जिम्मेबारी मिल्ने छ । शेयर बजारमा भने गुमाउनु पर्ने छ । कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज रहने छ । परिवारमा मिलन हुने र यसले प्रेम बढ्न जाने छ । चिसोजन्य स्वास्थ्य समस्या प्रति सचेत रहनु होला ।
धनु
व्यर्थमा बादबिबादका क्रममा होमुनि पर्ने छ । जसले गर्दा उर्जा अनावश्यक क्षेत्रमा खेर जाने छ । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने छ ।
मकर
गलत मानिसहरुको संगतले गर्दा दुःख पाउने अवस्था आउने छ । पेशाप्रतिको तिब्रतामा कमि आउने छ । शेयर बजारमा लाभ मिल्ने छैन् । आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । पेशागत जीवन सहज बन्ने छैन् । त्यसैले धैर्य भई कदम चाल्नु होला । भोगविलासका विषयहरु तर्फ मन खिचिने छ ।
कुम्भ
परिवारको साथले धेरै मनोबल बढ्ने छ । पेशागत क्षेत्रमा गति बढ्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । आर्थिक लाभ प्रत्यक्ष तत्काल नमिले पनि लगानी गर्ने विषयमा मनमा दृढता आउने छ । मनमा स्थिरताको भाव आउने छ । आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले मनमा धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । सामाजिक सोच बढ्ने छ ।
मीन
मन अधिर रहने छ । सानो सानो विषयमा पनि चिटचिटाहट हुँदा सम्बन्धहरुमा पनि चिसोपना आउने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । मनमा रहने वैचैनीले पेशागत जीवनमा पनि कमजोर बनाउने छ । पेशागत जीवन द्वन्दात्मक रहने छ । धेरै बोल्ने बानीले काम बिग्रने छ । आर्थिक कठिनाईहरुको सामना गर्नु पर्ने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)