राशिफलः आज (कात्तिक ५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको ५ गते सोमबार, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि ।

मेष 
पेशागत जीवनमा नयाँ कदम चाल्ने अवसर प्राप्त हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।  मिठो बोलीका कारण ठुला व्यक्तिको विश्वास प्राप्त हुने छ । आर्थिक विषयलाई लिएर परिवारमा भने केही द्वन्द देखा पर्ने छ । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, ठुला सवारीसाधनको व्यापार क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । 

Advertisement

वृष
पर्यटन, रोजगारी, सेवा, जागिर सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक समय छ । शेयर क्षेत्रबाट पनि फाइदा नै मिल्ने छ । व्यापार व्यवसायमा आवद्धहरुले पनि नाफा कमाउन सफल हुने छन् । बोलीमा कडापना आउने भएकाले संयमित रहनु होला । पेशागत क्षेत्र अनुकुल रहने छ । 

मिथुन 
पेशागत क्षेत्र औसत रुपमा अघि जाने छ । विशेषः होटल, रेष्टुरेण्ट, डान्सबार, पर्यटन, सुरक्षा निकाय, बाउन्सर जस्ता पेशामा सक्रियहरुको चहलपहलमा बृद्धि हुने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छैन् । व्यक्तित्व भने दुविधात्मक खालको हुने छ, यसले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यहिनताका कारण मेहनत बढि नतिजा कम निस्कने छ । 

कर्कट
पेशागत जीवनमा द्वन्दात्मक अवस्था आउने छ । अग्नि रक्षक, होटल, सुरक्षा निकाय, सेक्युरिटि, खेल, रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुले गुमाउनु पर्ने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छैन् । समय  क्रम प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु होला । शारीरिक कमजोरी देखिने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । व्यक्तित्व कमजोरी बढ्न पुग्ने छ ।

सिंह
लेखन, बौद्धिक क्षेत्र, शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ । शेयर क्षेत्र मध्म रहने छ । नरम खालको व्यक्तित्व हुने छ । निर्णय क्षमतामा कमि देखा पर्ने छ । शारीरिक समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुने हुँदा आर्थिक पक्ष सन्तुलित हुने छ ।

कन्या
चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा आवद्धहरुले संयमित रहनु पर्ने समय छ । साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । आम्दानीमा गिरावट आउने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । लक्ष्य प्राप्तिमा ज्यादा अवरोधहरु आउने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । 

तुला
ठेक्कापट्टा, राजनीति, शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, जस्ता क्षेत्रमा सक्रियहरुले आरोप प्रत्यारोप खेप्नु पर्ने छ । शेयर क्षेत्रबाट भने फाइदा हुने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बिबादको वातावरण उत्पन्न हुने भएकाले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । बोलीको प्रभाव घट्ने छ, यसले बन्नबन्न खोज्ने कामहरुमा अवरोध हुन जाने छ । 

वृश्चिक
डेरी प्रडक्ट, दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुको व्यवसायमा चलायमानपना आउने छ । शेयर क्षेत्रबाट लाभ हुने छ । मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले सताउने छ । पेशागत क्षेत्रमा केही स्थिरता देखा पर्ने हुँदा यसले केही राहत प्रदान गर्ने छ । सामाजिक छविमा बृद्धि हुने छ, मानसम्मान प्राप्त हुने छ ।

धनु 
बौद्धिक क्षेत्र, होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुले पेशागत रुपमा अवरोधको सामना गर्नुपर्ने छ । शेयर बजारबाट आशा गरे जस्तो फाइदा मिल्ने छैन् । पारीवारिक जीवनमा कटुता र तनाव देखिने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने छ । अस्पतालजनय खर्चमा बृद्धि हुने छ ।

मकर 
पानीको व्यापार, म्यानपावर, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई कारोवारमा सुधार आउने छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छैन् । व्यक्तित्वमा दृढता आउने हुँदा आवश्यकता भन्दा बढि कठोर स्वाभाव हुने छ । परिवारमा बेमेल हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । यात्रामा अवरोधहरु सामना गर्नु पर्ने छ ।

कुम्भ 
पेशागत जीवन द्वन्दात्मक अवस्थाबाट गुज्रन पुग्ने छ । विशेषगरी आफूभन्दा उपल्ला अधिकारीसँग तालबेल बिग्रने छ । शान्त भएर अघि बढ्ने प्रयास गर्नु नै बुद्धिमता हुने छ । शेयर क्षेत्र मध्यम रहने छ । मनमा अन्योलता र तनावको बृद्धि हुने हुँदा आफैले जानेका विषयमा पनि आफै भित्र अन्योलता उत्पन्न हुने छ । जीवनसाथिको भावनात्मक सहयोगले ठुलो भूमिका खेल्ने छ । 

मीन
मध्म खालको पेशागत जीवन हुने छ । आर्थिक अपेक्षाहरु धेरै भए पनि प्राप्ति कम हुँदा केही असन्तुलनको अवस्था खेप्नु पर्ने  छ। राजनीति, चिनी, मसला, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार भने प्रतिकुल रहने छ । बोलीको प्रभावमा गिरावट आउने भएकाले संयमित रहनु होला । रसिक स्वाभाव कत्ति हुने छैन् ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement