काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि साढे ९ अर्बमै खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घटेसँगै नेप्से परिसूचक २७२७.३६ अंकमा झरेको छ ।
समग्रमा बजर घटे पनि लघुवित्त र ट्रेडिङ समूह भने क्रमशः १.६८ र ०.१६ प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भए ।
आज ३१६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हूँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.१४ प्रतिशतले नाफा कमाए ।
त्यस्तै आज नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९१ प्रतिशतले घाटा व्यहोरे ।
आज नेपाल फाइनान्सकै उच्च कारोबार भयो । उक्त कम्पनीको ४० करोड ५० लाख ९९ हजार ९ सय ४७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ, सोमबार १२७.३२ अंकले बजार उचालिंदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ, मंगलबार ६.९० अंकले बजार उचालिंदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९.१७ रुपियाँ र हिजो बुधबार ९०.७३ अंकले बजार घट्दा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५.२२ रुपियाँ बराबरको कारोबार भएको थियो ।