लघुबीमालाई समावेश गरेर बैदेशिक रोजगार बीमा पुल स्थापना गरिने, व्यवसाय बाँडफाँड कसरी ?

Advertisement

काठमाडौं । अब वैदेशिक रोजगार म्यादी जीवन बीमालाई सामुहिक बीमा कोष (पुल) बाट सञ्चालन गरिने भएको छ । 

नेपाल बीमा प्राधिकरणले  ‘बैदेशिक रोजगार म्यादी जीवन बीमा सामुहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१’ जारी गर्दै यसका लागि बाटो खुला गरेको हो । 

Advertisement

योसँगै अब चालु आवको साउन १ गतेदेखि नै बिक्री भएका बैदेशिक रोजगार बीमालेख समेत लागू हुने गरि पुल मार्फत बैदेशिक रोजगार बीमा सञ्चालन हुनेछ । 

बैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा यस्तो बीमा गर्नुपर्ने व्यवस्था छ । यसअघि पालैपाले निश्चित जीवन बीमा कम्पनीले जिम्मा लिएर यस्तो बीमा गराउँदै आएका थिए । तर, त्यसमा समस्या देखिएपछि अहिले कम्पनीहरु पुल मार्फत यस्तो बीमा कारोबार सञ्चालन गर्ने सहमती भएका हुन् । त्यसपछि प्राधिकरणले यसका लागि छुट्टै निर्देशन जारी गरेको हो । अब कम्पनीहरुले निर्देशनअनुसार पुल मार्फत बैदेशिक रोजगार बीमा कार्यक्रम सञ्चालन गर्न सक्ने प्राधिकरणका उप कार्यकारी निर्देशक साम्भराज लामिछानले जानकारी दिए । 

अब यस निर्देशनअनुसार बीमा कम्पनीहरुले बीमा पुल स्थापना गर्नुपर्छ । पोलिसी कम्पनीहरुले नै बिक्री गर्ने र दावी पनि सम्बन्धीत कम्पनीले नै दिनेछन् । तर, हरेक महिना त्यो तोकिएको अनुपातमा पुलमा आवद्ध कम्पनीहरु बीच बाँडफाँड र व्यवस्थापन हुनेछ । 

कोषमा नेपालका कुनै रि इन्स्योरेन्सले प्रवन्ध्कको रुपमा काम गर्नेछन् । प्रवन्धकले बीमाशुल्क बापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता संचालन गर्नु पर्नेछ । 

बीमाशुल्क दैनिक रूपमा प्राप्त भए नभएको यकिन गर्ने, कोषको सञ्चालन, बाँडफाँड र व्यवस्थापन गर्ने, कम्पनीबाट प्राप्त भएको बीमाशुल्कबाट आवश्यक समायोजन (व्याज आम्दानी, दाबी भुक्तानी) गरी मासिक रुपमा बाँडफाँड गर्ने, बीमाशुल्क आम्दानी, व्याज आम्दानी, दाबी भुक्तानी लगायतको हिसाब किताब पारदर्शी राख्ने, बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी मासिक आय व्यय विवरण सदस्य बीमकहरुलाई पठाउने, बैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोषको हिसाब किताब छुट्टै कायम गर्ने र बीमाङ्कीय मूल्यांकन गर्ने तथा लेखा परीक्षण गराउने काम प्रवन्धकले गर्नेछ । कोषको प्रवन्धकले सामुहिक बीमा कोषको पुनर्बीमा समेत गर्नूपर्नेछ । 

यद्यपि, पोलिसी भने कम्पनीले नै बिक्री गर्नेछन् । पोलिसी त्यसको हिसाव कोषमा राखिनेछ । कम्पनीले यसमा पोलिसी बिक्री गर्नेदेखि दावी भुक्तानी सम्मका लागि व्ययवस्थापन खर्च बापत बीमाशुल्कको एक प्रतिशत रकम पाउनेछन् । तर, त्यसरी गरिको बिक्री तोकिएको अनुपातमा बाँडफाँड हुनेछ । निर्देशनले पुलमा सदस्य हुने कम्पनीले यसको कति प्रतिशत हिस्सा व्यवसाय पाउने भनेर नै तोकिदिएको छ । सोहीअनुसारको यसको दायित्व र व्यवसाय बाँडफाँड गरिनेछ । 

पुलमा एलआईसी नेपाल र मेट लाइफ इन्स्योरेन्स आवद्ध हुने छैनन् । तर, तीन वटा लघुबीमा कम्पनीलाई भने यसमा सवमोश गरिएको छ । लघुबीमा कम्पनीहरुले पहिलादेखि नै बैदेशिक रोजगार बीमा गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । अहिले पुलमा पनि उनीहरुलाई समावेश गरिएको छ । त्योअनुसार अब बाँकी १२ ठुला र तीन लघुबीमा जीवन कम्पनीले पुलमा आवद्ध भएर यस्तो बीमा कारोबार गर्न पाउनेछन् । 

उनीहरुलाई पहिलो तीन बर्ष आव २०८१–८२, आव २०८२–८३ र आव २०८३–८४ मा बिगतको योगदानको आधारमा व्यवसाय बाँडफाँड गरिनेछ । त्यसपछिका बर्ष सबैलाई बराबर अनुपात व्यवसाय बाँडफाँड गरिनेछ ।

सदस्य कम्पनीहरुलाई आव २०८१–८२ मा ४।६० प्रतिशत, आव २०८२–८३ मा ५.७० प्रतिशत र आव २०८३–८४ मा ६।६० प्रतिशतको अनुपातमा न्यूनतम हिस्सा प्रदान गरिनेछ । त्यसपछि बाँकी व्यवसाय कम्पनीहरुले बिगतमा गरेको योगदानमा आधारमा थप वितरण गरिनेछ । 

आव २०८४–८५ पछि भने सबै कम्पनीलाई बराबर हिस्सामा यसको व्यवसाय र दायित्व ९नाफा–घाटा समेत० बाँडफाँड गरिनेछ । त्यसबेला अहिलेकै १५ वटा कम्पनी पुलको सदस्य कायम भएमा एक कम्पनीले ६।६७ प्रतिशतको अनुपातमा व्यवसाय पाउने छन् ।

अहिले बैदेशिक रोजगार बीमामा बार्षिक तीन अर्ब रुपियाँ भन्दा बढी बीमाशुल्क संकलन हुन्छ । गत आवमा तीन अर्ब १२ करोड ६८ लाख रुपियाँ यस्तो बीमाशुल्क संकलन भएको थियो । त्योअनुसार तीन बर्षपछि एक कम्पनीले कम्तीमा २० करोड रुपियाँ बराबरको व्यवसाय पाउने छन् ।

बिशेषगरि पछिल्लो समय सञ्चालनमा आएका लघबीमा कम्पनीलाई व्यवसाय पाउने चुनौती भइरहेको छ । लुघबीमा कम्पनीहरुलाई यस नीतिले ठुलो सहयोग पुग्ने देखिन्छ ।

बैदेशिक रोजगार बीमा कुन कम्पनीको कति हिस्सा ?

 

undefined

Advertisement