आरबिबि म्युचुल फण्ड–१ र २ बन्दमुखी योजनाको बुकक्लोज मिति तय

Advertisement

काठमाडौं । आरबिबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ । 

आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युुचुअल फण्ड २ को बुकक्लोज मिति तय भएको हो । 

Advertisement

आरबिबि मर्चेन्ट बैंकिङको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८० ०८१ को मुनाफाबाट योजना इकाइधनीलाई प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ ३१ गते सोमबार बुकक्लोज गर्ने निर्णय गरेको हो ।

तसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै प्रतिफल पाउन सक्नेछन् ।

आरबिबि म्युचुअल फण्ड १ ले करसहित ३.८१ प्रतिशत र आरबिबि म्युुचुअल फण्ड २ ले करसहित ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।

यी दुईवटै योजनाको कोष प्रवर्द्धकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक एवं डिपोजटरीमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ । 

Advertisement

Advertisement