काठमाडौं । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न अग्रणी रहेको पुतलीसडकस्थित आईआईएमएस कलेजले नक्साल भगवतीबहालमा १० रोपनी क्षेत्रफलमा सुविधासम्पनन भवन निर्माण गर्ने कलेजका बजार व्यवस्थापक रिसभ रेग्मीले बताए ।
अधिकांश कम्प्युटर विज्ञानका विद्यार्थीहरु अध्ययन गर्ने डेढ दशक पूरानो यो कलेजले मलेसियाको प्रसिद्ध टेलर्स युनिभर्सिटि (विश्वविद्यालय) र लिंकन इन्टरनेसनल कलेजको सम्वन्धनमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन गराउँदै आएको छ ।
आफूहरुले बढी जोड दिइरहेको विषय बीएचएम, बीआईटी, बीसीएस हो भन्दै रेग्मीले टेलर्स युनिभर्सिटिको सम्वन्धन भएका तीन वटा विषय ब्याचलर अफ कम्युटर साइन्स (बीआईएस), ब्याचर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएसएम) र ब्याचर अफ विजनेश (बीएस) अध्यापन हुँदै आएको बताए ।
उनले भने, ‘आईआईएसएमको चार वटा विषयमा विशेषज्ञता छ, जसमा मोवाइल कम्प्युटिङ, डेटा साइन्स, साइबर सेक्युरिटि र आर्टिफिसियल इन्टेलिजेन्स छन् । बीआईएसएमतर्फ पनि अरुभन्दा आईआईएमएस किन फरक छ भने कलेजकै आफ्नै बुटिक होटल (अरण्य) छ । बीआईएसएमका विद्यार्थीले १० दिनसम्म उक्त होटलका प्रयोगात्मक शिक्षा पाउँछन् । दश दिन ती विद्यार्थीहरुले नै होटल चलाउँछन् । यो खालको पद्दती अन्य कलेजहरुमा छैन ।’
बीबीए र बीबस कर्पोरेट क्षेत्रमा काम गर्नेहरुका लागि चाहिने पाठ्यक्रम हो भन्दै रेग्मीले कलेजको थुप्रै कर्पोरेट हाउससँग सहकार्य भएकाले यहाँबाट उत्पादित विद्यार्थीलाई रोजगारीको समस्या भने खासै नहुने तर्क गरे ।
आईआईएमएस कलेज प्राक्टिकल बेस लर्निङ (व्यवहारिक शिक्षामा आधारित) सबैभन्दा अगाडि छ । धेरै कलेजले सैद्धान्तिक ज्ञान मात्रै दिने हुँदा त्यस्ता विद्यार्थीले काम गर्न जाँदा खासै कार्यक्षमता प्रस्तुत गर्न नसक्ने अवस्था रहेको बताउँदै रेग्मीले आईआईएमएस कलेजबाट उत्पादित विद्यार्थीलाई त्यो खालको समस्या नहोस भन्नलाई प्रयोगात्मक शिक्षालाई बढी जोड दिएको बताए ।
यस कलेजका अधिकांश इभेन्ट (कार्यक्रम)हरु विद्यार्थीले नै सञ्चालन गर्छन् । धेरै इभेन्ट गर्नेमा आईआईएमएस कलेज पर्छ । कलेजको ‘बिज हब’ भन्ने आफ्नै इन्कुभेसन सेन्टर (नयाँ उद्यमी उत्पादन गर्ने ठाउँ) छ जहाँबाट उद्यमशीलता विकास गर्न खेलिन्छ । आईआईएमएसको ग्रोथ एण्ड डभेलपमेन्ट, आईआईएमएस स्पोर्ट क्लब, हस्पिटालिटि हब, टोष्ट मास्टर, मिडिया, आईटी जस्ता क्लबहरु छन् जुन सबै विद्यार्थीहरुले नै सञ्चालन गर्छन् । टेडेक्स पनि चाँडै सुरु हुँदैछ । यस कलेजमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको रेग्मीले बताए ।