काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्रका विभिन्न पाँच ठाउँमा घर भाडामा लिन खोजेको छ ।
बैंकले शाखा कार्यालय स्थानान्तरण प्रयोजनार्थ १ हजारदेखि १५ सय वर्गफिट क्षेत्रफल भएको घर भाडामा लिन खोजेको हो ।
बैंकले न्युरोड, गोंगबु, शंखमूल, बसुन्धारा र कोटेश्वरमा आफ्नो शाखा कार्यालय राख्न घर भाडामा लिनुपर्ने आवश्यक रहेको जनाएको छ ।
उल्लिखित स्थानमा घर भाडामा दिन चाहने घरधनीले असोज ६ गते कार्यालय समयभित्र शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।
निवेदन बैंकको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा दिन सकिनेछ ।
यस्ता छन् बैंकका सर्त: