काठमाडौं । सनलाइफ क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा डाकेको छ ।
कम्पनीले असोज १५ गते, केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी साधारणसभा डाकेको हो ।
सभामा गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षण तथा एनएफआरएस प्रणाली लागू गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् ।
त्यस्तै नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाव वा निर्देश भएमा सोलाई समाविष्ट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।