नयाँ प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सोही समारोहमा पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । 

Advertisement

सिग्देललाई पौडेलले आजबाट लागू हुनेगरी यही गएको भदौ १२ गते प्रधानसेनापति नियुक्त गरेका थिए । 

Advertisement