चुनाव गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि महासंघको चुनाव गराउन असफल भएपछि उनले राजनीनामा दिएका हुन् ।

महासघको आइतबार केन्द्रीय समितिको बैठकमा मतदाता नामावलीको विषयमा कुरा मिल्न नसकेपछि दोस्रो पटक सारिएको मितिमा पनि चुनाव नहुने निश्चित भएको हो । बैठकमा पोखरेलले मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान राखे पनि विरोधी पक्षले विवाद समाधान भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अडान राखेपछि निर्णय हुन सकेन् । 

Advertisement

नामवली सार्वजनिक गर्न नसकेपछि असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति सिर्जना भएको हो । 

undefined

Advertisement