टेकुमा रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट ड्राइभ

Advertisement

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सम्पन्न गरेको छ । 

यो टेस्ट ड्राइभ ट्र्याक एक्सपेरियन्स भदौ २१ देखि २३ सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान गर्‍यो । अफ–रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ । 

Advertisement

अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य रु. ९,८९,५०० रहेको छ भने टप भेरियन्टको मुल्य रु १०,३९,५०० रहेको छ ।

हिमालयन ४५० मा ४ भेरियन्टहरू छन्, जसमा काजा ब्राउनको मुल्य रु. ९,८९,५००, स्लेट पपी ब्लू–स्लेट हिमालयन साल्टको मुल्य रु. ९,९९,५००, क्यामेट व्हाइटको मुल्य रु. १०,१८,५०० र हान्ले ब्लाकको मुल्य रु. १०,३९,५०० रहेको छ ।

undefined

Advertisement