मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई धादिङको त्रिशूली बिच रिर्सोटमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको “त्रिशूली बिच रिर्सोट” संग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५% सम्म छुट  प्राप्त गर्न सक्नेछन् । 

Advertisement

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले  बैंकको मान्य डेबिट कार्ड÷ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल– ईन्टरनेट बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नु पर्नेछ । 

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । 
 

Advertisement