सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २५ गते) अन्तिम दिन हो । 

लाभांश सुरक्षित गर्न सकिने तीनवटा फन्डअन्तर्गत सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्ड रहेका छन् । 

Advertisement

यी फन्डले नगद लाभांश वितरण गर्न भोलि (भदौ २६ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम रहने इकाइधनीले मात्रै लाभांश दाबी गर्न पाउनेछन् । 

सानिमा इक्विटी फन्डका इकाइधनीलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाइधनीलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेका हुन् । 


 

Advertisement

Advertisement