काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै, अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो
संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
साथै, गुरुङले नै ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत
गर्नेछन् ।