मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै यो शेयर खरिद गर्न पाउनेछन् । 

Advertisement

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीले नकिनेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement