काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०-८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव भेषबहादुर बस्नेतले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड १४ लाख रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।