काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से क्रमशः तल झरेसँगै कारोबार रकम पनि घटिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.०९ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३२.९४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि ट्रेडिङ समूह ०.७९ प्रतिशतले उचालिएको छ ।
आज ३२८ कम्पनीका १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१.३९ रुपियाँ बराबरको कारोबार भयो ।
मानुषी लघुवित्त र थ्रीस्टार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १०, ९.९० प्रतिशतले नाफा कमाउँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८२ प्रतिशतले घाटा व्यहोरे ।
आज एचआइडीसीएलको प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भयो । उक्त शेयर २९ करोड ८१ लख ५४ हजार ७७.३० रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ र हिजो सोमबार ५५.८६ अंकले बजार घट्दा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ बराबरको कारोबार भएको थियो ।