देशभरिका सबै सरकारी कार्यालयमा अब शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) नचल्ने

Advertisement

काठमाडौं । सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ । 

सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । 

Advertisement

सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु, प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन्–‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु  कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ ।’  

Advertisement